काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सहमहामन्त्री सुमना श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएकी छन् । उनले दुई साताअघि नै राजीनामा दिएको बताइएको छ ।
पार्टीभित्रको आन्तरिक समीकरण र असन्तुष्टिपछि श्रेष्ठले सहमहामन्त्रीको जिम्मेवारीबाट अलग हुने निर्णय लिएकी हुन् । यो विषयमा पार्टीले भने औपचारिक प्रतिक्रिया दिएको छैन ।
आफू विधायकी भूमिकामै केन्द्रित रहने भन्दै पार्टीको जिम्मेवारीबाट राजीनामा दिएकी सुमना पार्टी सञ्चालन प्रक्रियाप्रति असहमत रहँदै आएकी थिइन् ।सुमनाले यसअघि नै राजीनामा दिएको भएपनि आज दिउँसो बस्ने केन्द्रीय समिति बैठक त्यसबारे छलफल हुने बताइएको छ ।
