काठमाडौं । थाइल्यान्डबाट करिब ७ किलो गाँजा बोकेर आएका एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक २७ वर्षीय भिसाक भिजयन छन् । उनलाई सोमबार राति विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।
विमानस्थलको टनेल गेटबाट ६ किलो ९७० ग्राम गाँजासहित उनी पक्राउ परेका हुन् । थाई एयरको उडानद्वारा बैंकक हुँदै नेपाल आएका उनलाई जाँच गर्ने क्रममा लगेजबाट उक्त गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । भिसाकलाई थप अनुसन्धानका लागि लागुऔषध ब्यूरो कोटेश्वर पठाइएको छ।
