काठमाडौं । राजसंस्था पुनर्स्थापनाको मागसहित काठमाडौंको तीनकुनेमा आयोजित प्रदर्शनमा अवस्था तनावग्रस्त बनेको छ । प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार गरेको छ ।
राजावादीहरू चाबहिल, भक्तपुर, चक्रपथ लगायतका विभिन्न स्थानबाट जुलुस निकाल्दै तीनकुनेमा भेला भएका थिए । प्रदर्शन का क्रममा केहीबेर तनाव उत्पन्न भएको थियो, जसले स्थिति जटिल बनेपछि प्रहरीले हस्तक्षेप गरेको हो । प्रदर्शनका कारण तीनकुने क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने अवस्था अझै अस्थिर देखिएको छ ।
