काठमाडौं । आज बुधबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ ९ सय रुपैयाँले वृद्धि भएको हो । हिजो मंगलबार प्रतितोला १ लाख ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज १ लाख ७० हजार ४ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै, आज चाँदीको भाउ १० रुपैँयाले बढेको छ । आज प्रतितोला १ हजार ९ सय ५० रुपैयाँ तय भएको छ ।



