काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले संसदमा कांग्रेसले गरेको बिरोध सत्ता छाड्दाको छट्पटाहटमात्रै भएको बताउनुभएको छ । आइतबार संसद भवन बानेश्वरमा संचारकर्मीसंग कुरा गर्दै बर्तौलाले सरकार छाड्नुपर्दाको पिडा कांग्रेसले संसदमा देखाएको बताउनुभएको हो ।
उहाले पुनगर्ठित सरकारलाई केहि समय काम गर्न दिनुपर्ने बताउनुभयो । त्यस्तै बर्तौलाले सुन तस्करी छानविन प्रतिवेदनका आधारमा दोषीलाई कारवाही हुनुपर्ने र प्रतिवेदनले उजागर गरेका बिषय सार्वजनिक गर्नुपर्ने धारणा राख्नुभयो ।
सरकारले प्रतिवेदनलाई पूर्ण रुपमा कारवाही गर्ने निर्णय नै गरिसकेको अवस्थामा कोहि पनि दोषी उम्कने गुञ्जायस नरहेको उहाले बताउनुभयो । उहाले प्रतिवेदनको पूर्ण कार्यान्वयन नभएसम्म सरकारलाई झक्झकाउने काम एमालेले गर्ने उल्लेख गर्नुभयो ।
