काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ। अघिल्लो दिन मंगलबार १९ सय रुपैयाँले बढेको सुन आज २२ सयले बढेर एक तोला सुनको मूल्य १ लाख ६६ हजार ९०० पुगेको छ।
सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। आज प्रतितोला चाँदी १९७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार प्रतितोला चाँदी १९३० रुपैयाँमा खरिदबिक्री भएको थियो।
