काठमाडौं । पर्साबाट हुण्डी कारोबार गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत रक्सौल का २७ वर्षीय ओमकुमार रौनियार छन् । उनलाई वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
बुधबार दिउँसो साढे ४ बजेतिर बीआर ०५ क्यू ४३८३ नम्बरको मोटरसाइकलमा सवार उनलाई ६ लाखसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका रौनियारविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा १२५ ९क० बमोजिम हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
