वीरगञ्ज। पर्सा प्रहरीले भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका मालसामान बरामद गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर, बिर्ता र ईलाका प्रहरी कार्यालय लङ्गडी पर्साबाट बुधबार खटिएको प्रहरीको टोलीले विभिन्न स्थानबाट विभिन्न किसिमका मालसामान बरामद गरेको हो ।
बरामद सामानको बजार मूल्य तीन लाख पाँच हजार बराबरको रहेको प्रहरीले जनाएको छ । प्रहरी टोलीले विभिन्न स्थानहरू बाट भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका लत्ताकपडाहरू, पाडी, कुखुरा तथा खाद्यान्न लगायतका मालबस्तु पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले नेपाल पोष्ट डेलीलाई जानकारी दिए ।
