काठमाडौं । आज सुनको मुल्य प्रतितोला ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुन प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मुल्य १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८५० रुपैयाँ रहेको चाँदी आज मंगलबार १८३५ रुपैयाँमा झरेको छ ।
