एजेन्सी । भारतको नयाँदिल्लीमा निर्माणाधीन चार तले भवन भत्किँदा कयौं कामदार भग्नावशेषमा फसेका छन् । सोमबार साँझ भवन भत्किएको भन्दै प्रहरी कार्यालयमा फोन आएको थियो ।
त्यसपछि घटनास्थलमा प्रहरी र दमकलको टोली पठाइएको थियो । घटनास्थलबाट १० जनालाई उद्धार गरिएको छ भने भग्ना वशेषमा अझै १२ जना फसेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
घटनापछि दिल्लीका पूर्व मुख्यमन्त्री एवं आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले दुस्ख व्यक्त गरेका छन् । यसैबीच दिल्लीका मुख्यमन्त्री आतिशीले भवन भत्किनु निकै दुस्खद् रहेको भन्दै राहत र उद्धार कार्य छिटो सम्पन्न गर्न निर्देशन दिएको बताएकी छन् ।
