काठमाडौं । हिजो र अस्ति दुई दिन स्थिर रहेको सुनचाँदीको भाउ आज तोलामा १ हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो र अस्ति सुन तोलाको २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ तोलाको २५ रुपैयाँले बढेको छ । अस्ति र हिजो ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज बढेर तोलाको ४ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
