काठमाडौं । नेपालको सुनचाँदी बजारमा मूल्यमा गिरावट जारी रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुन र चाँदी दुवैको भाउ घटेको छ । छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार यसअघि, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँ रहेको थियो । यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ । चाँदी आज तोलामा १५ रुपैयाँले घटेर १ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँ रहेको थियो । अ
