कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ कुइनेमा छाउगोठमा सुतेकी महिलामाथि बाघले आक्रमण गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार, आइतबार राति ४५ वर्षीय सरस्वती बिटालुलाई घर नजिकै रहेको छाउगोठमा सुतिरहेका बेला बाघले आक्रमण गरेको हो ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराका अनुसार, बाघको आक्रमणपछि उनलाई सामान्य चोटपटक लागेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । प्रहरीले बाघको आक्रमणको घटनालाई मध्यनजर गर्दै स्थानीयवासी लाई सचेत रहन र वन्यजन्तुको गतिविधिबाट जोगिन सतर्कता अपनाउन अपिल गरेको छ ।
