काठमाडौं । प्रहरी प्रधान कार्यालयले १७ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले ३ महिनाअघि चितवनमा गएका गौतम मिश्रलाई जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंमा अपिल राज बोहरा आएका छन् । ललितपुरमा नरहरी रेग्मी गएका छन् भने बाराको प्रमुख भएर सन्तोष तामाङ गएका छन् ।



