जनकपुरधाम । महोत्तरीको सोनमा गाउँपालिका-२ स्थित बस्ती छेउमा एक युवक मृत अवस्थामा फेला परेका छन् । पूर्वगाविस अध्यक्ष गोखुल यादवको २८ वर्षीय छोरा ज्ञानु भनिने नरेन्द्र मृत फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेलले जानकारी दिए ।
घटना र शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रहरीको आशङ्का छ । शव अर्धनग्न अवस्थामा फेला परेको र गम्छाले घाँटी थिचिएजस्तो देखिएकोले पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानले वास्तविकता खुल्ने एसपी पोखरेलले बताए । प्रहरीले कुकुर सहितको टोली ल्याएर अनुसन्धान अगाडि बढाएको छ ।
