काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि हिरासत पठाइएको छ । जिल्ला अदालत काठमाडौंले रविलाई न्यायिक हिरासतमा पठाउन आदेश दिएको हो । आइतबार न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रविलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएको हो ।
जिल्ला अदालतका श्रेष्तेदार रामु शर्माले थुनछेक बहस भोलि (सोमबार) हुने जानकारी दिए । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको भन्दै रविविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविलाई ८४ दिनपछि जिल्ला अदालत कास्कीले बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा छाडेको थियो । पोखराबाट शुक्रबार काठमाडौँ आएका उनी आज अदालतमा उपस्थित भएका थिए ।
