काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य बढेको छ । हिजो बिहीबार प्रतितोला आठ सय रूपैयाँले सुन बढेको थियो । शुक्रबार अर्थात आज पनि प्रतितोला आठ सय रूपैयाँले सुनको भाउ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार भएको थियो।
