एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा एउटा सानो विमान एक भवनको छानामा ठोक्किएर दुर्घटनाग्रस्त भएको छ । दुर्घटना मा २ जनाको मृत्यु र १८ जना घाइते भएको बीबीसीले जनाएको छ । मृतक विमानमा थिए वा जमिनमा भन्ने अझै खुल्न सकेको छैन ।
विमान ओरेन्ज काउन्टीको फुलर्टन म्युनिसिपल एयरपोर्टबाट उडेको थियो । उडेको २ मिनेटमै विमान दुर्घटना भएको समाचार मा उल्लेख छ । विमान दुर्घटना भएको भवनमा फर्निचर निर्माणको काम भइरहेको थियो । दुर्घटनाको समयमा भवनमा करिब २ सय जना कामदारहरूले काम गरिरहेका थिए ।



