काठमाडौं । सुनको मुल्य आज तोलामा चार सय रुपैयाँले बढेको छ । सुन आज तोलामा चार सय रुपैयाँले बढेर एक लाख ५१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मृल्य तोलामा एक लाख ५० हजार आठ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै, आज चाँदीको मुल्यमा भने घटबढ भएको छैन । आज चाँदीको भाउ हिजो जस्तै तोलाको एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
