काठमाडौं । काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन भएको छ । महानगरपालिकामा सार्वजनिक बिदा आज दिएको छ । उनी पूर्वमन्त्री समेत हुन् । सोमबार बिहान चाक्सीबारीस्थित निवासमा उनको निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ रहेका थिए । उनको पार्थिव शरीरलाई अहिले चाक्सीबारी निवासमा नै राखिएको छ ।
सिंहको पार्थिव शरीर बिहान ११ बजेसम्म नीजि निवास ठमेलको चाक्सीबारीमा राखिनेछ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरका अनुसार त्यसपछि अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा एक घण्टा राखिनेछ । दिउँसो एक बजे विष्णुमती नदी किनारामा रहेको लखतीर्थमा उहाँको अन्तिम संस्कार हुनेछ ।
सिंह २०४९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भई तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए । गणेशमान सिंहको सहयोगी रहेका उनले पछिल्लो समय कांग्रेस परित्याग गरेका थिए ।



