काठमाडौं । सुनको भाउ आज मंगलबार प्रतितोला २१ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार का लागि प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको भाउ तोलामा ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८६५ रुपैयाँ रहेको चाँदी यस दिन १९२५ रुपैयाँ पुगेको हो ।
