काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक हजार छ रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला चार सय रूपैयाँ घटेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ ।
