काठमाडौं । बिभिन्न माग राख्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले काठमाडौंमा प्रदर्शन गरेका छन् । संयुक्त राष्ट्र वादी नागरिक आन्दोलनको व्यानरमा प्रसाईंका समर्थकले शुक्रबार काठमाडौंको कोटेश्वरमा प्रदर्शनका साथै खवरदारी सभा गरेको हो ।
प्रदर्शनमा सहभागीहरुले सम्पूर्ण प्रकारका बित्तिय समस्याहरु समाधान गर्नुपर्ने, सवै प्रकारका भ्रष्टाचार मुद्दाहरु छानविन गर्नुपर्ने माग राखेका छन् । त्यस्तै शासकीय अधिनायकवाद अन्त्य गर्नुपर्ने, स्वतन्त्र नागरिक आयोग गठन गर्नुपर्ने समेत उनीहरुको माग छ ।
प्रसाईका समर्थकले प्रदर्शन गर्दा उनी भने प्रहरी हिरासतमा छन् । प्रहरीले प्रसाईँलाई मंसिर ४ मा पक्राउ गरेर विद्युतीय कारोबार ऐनमा अनुसन्धान गरिरहेको छ । शुक्रबार नै प्रसाईँले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट समेत दर्ता गराएका छन् ।
