काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माणको अध्ययन र डिजाइनमा केहि समस्याहरु देखिएको बताउनुभएको छ । सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा मन्त्री दाहालले सडक, पूल लगाएतका संरचना निर्माण गर्दा अध्ययन र डिजाइनमा केहि समस्याहरु देखिएको बताउनुभएको हो ।
अहिलेको अवस्थामा संरचनाहरु बाढि पहिरोका बेला थेग्न सक्ने छ की छैन भन्ने बिषय गम्भीर देखिएको उहाले बताउनुभयो । मन्त्री दाहालले इन्जिनियर, भूगर्भविद, वातावरणविद्को भूमिका देशमा कमजोर जस्तो देखिएकाले पूर्वाधार निर्माणको सर्वे र डिजाइनमा पूनर्विचार गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाले हालैको बाढि पहिरोका कारण सडकतर्फ रु १४ अर्व ३४ करोड र पुलतर्फ ९५ करोडको क्षति भएको जानकारी दिनुभयो । मन्त्री दाहालले बिकासका लागि विद्यमानहरु बाधक रहेको उल्लेख गर्नुभयो । उहाले सरकारले १०० दिनमा राखेको लक्ष्य अनुसार मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।
