काठमाडौं । मुम्बईबाट न्यूयोर्कका लागि उडेको एयर इन्डियाको विमानमा बम रहेको चेतावनीपछि नयाँ दिल्लीमा अवतरण गराइएको छ । २३९ यात्रु रहेको विमानमा बम रहेको धम्कीपछि दिल्लीमा डाइभर्ट गरिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।
दिल्ली एयरपोर्टमा अवतरण गरेर तलासी लिँदा विमानमा केही नभेटिएको बताइएको छ । थप अनुसन्धान भइ रहेको अधिकारी हरूले जनाएको भारतीय मिडियाहरूले बताएका छन् ।
यस विषयमा दिल्ली पुलिसले विमान हाल दिल्ली विमानस्थलमा रहेको, यात्रु र चालक दलको सुरक्षा सुनिश्चित गर्न सबै मानक सुरक्षा प्रोटोकलहरू पछ्याइएको जानकारी दिएको छ । यसअघि अगस्टमा मुम्बईबाट आएको एयर इन्डियाको विमानमा बमको धम्की आएको थियो । विमानको शौचालयमा टिस्यु पेपरमा‘उडानमा बम छ’ लेखिएको सन्देश भेटिएको थियो ।



