काठमाडौं । नारायणी नदीमा आएको बाढीले देवघाटधामस्थल जलमग्न भएको छ । शुक्रबारदेखिको लगातारको वर्षाका कारण आएको बाढीका कारण जयभोले कुटी र अखण्ड धर्मशाला ढुबानमा परेको छ ।
त्यहाँ बसेका एक सय जनाभन्दा बढीलाई शनिबार बिहानै उद्धार गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । बाढीले निर्माणधीन विद्युतीय शवदाहगृह पनि डुबेको छ ।
निरन्तरको वर्षातसँगै नदीमा जलसतह बढेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।
