काठमाडौं । नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले भारतको सामना गर्दै छ । थिम्पुस्थित चाङ लिमिथाङ स्टेडियममा आज हुने खेल नेपाली समय अनुसार अपरान्ह १: ४५ बजेदेखि हुनेछ ।
नेपाल समूह बी मा उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो भने भारत समूह ए मा समूह विजेता बनेर सेमिफाइनल खेल्दै छ । नेपाल समूह चरणमा पाकिस्तानसँग १-० गोल अन्तरले पराजित भएको थियो भने श्रीलंकालाई ४-० र भुटानलाई २-१ ले पराजित गरेको थियो ।
त्यसैगरी समूह ए मा भारतले बंगलादेशलाई १-० र माल्दिभ्सलाई ३-० ले पराजित गर्दै समूह विजेता बनेको थियो । आजै दोस्रो सेमिफाइनल साँझ ५: ४५ बजेदेखि पाकिस्तान र बंगलादेशबीच हुँदै छ ।



