काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोगका अध्यक्ष देवराज विश्वकर्माले राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।
सो क्रममा राष्ट्रपति पौडेलले दलित समूदायको समग्र स्थीतिको अध्ययन गरि उनीहरुको अधिकारका लागि आयोगले प्रभाव- कारी काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाले आयोगले दिएका सुझावहरुलाई सरकारले प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । नेपालको संविधान को धारा २९४ को उपधारा (१) बमोजिम आयोगहरुले वार्षिक कामको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।
