काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आफुहरुले पाउनुपर्ने बक्यौता रकम छिटो भुक्तानी गर्न सरकारको ध्याना- कर्षण गराएको छ । महासंघले बुधबार सिंहदरबार कार्यवहाक प्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई ज्ञापन पत्र बुझाउदै बक्यौता रकम छिटो भुक्तानी गर्न ध्यानाकर्षण गराएको हो ।
राज्यबाट निर्माण व्यवसायीलाई यस आर्थिक बर्षमा भएको आशिंक भुक्तानी समेत यस आर्थिक बर्षको विनियोजित बजेटबाट मात्रै भएकाले अव यस बर्ष हुने थप निर्माण कार्यको समेत भुक्तानीमा समस्या हुन सक्नेतर्फ महासंघले सचेत गराएको छ ।
महासंघको ज्ञापन पत्र बुझदै कार्यबहाक प्रधानमन्त्री सिंहले निर्माण व्यवसायीहरूले धेरै अप्ठ्यारा चुनौतीहरुको सामना गर्नुपरेको भन्दै सरकारले समाधान गर्ने प्रतिवद्धता जनाउनुभयो । निर्माण व्यवसायीलाई सहज वातावरण बनाउन आवश्यक परे ऐन नीतिहरुमा समेत परिमार्जन गर्ने उहाको भनाइ छ ।
महासंघका अध्यक्ष रवि सिंहले बिभिन्न आयोजनाहरुको निर्माण व्यवसायीहरुलाई भुक्तानी गर्नुपर्ने दायित्व करिव ४५ अर्व रुपैया पुगेको जानकारी दिनुभयो । समयमा नै भुक्तानी नहुदा व्यवसायीहरुले बैंक ऋण किस्ता तथा राज्यलाई बुझाउनुपर्ने करको रकम समेत बुझाउन नसकिएको उहाले बताउनुभयो ।
उहाले जतिसुकै भुक्तानी बाँकी भएपनि असार मसान्तमा पाउने गरेपनि यसपटक भुक्तानी नै आउन नसकेको धारणा राख्नुभयो । महासंघले सरकारले योजनाको प्राथमिकरण गनुपर्ने र कम प्राथमिकतामा परेका योजनाहरुलाई खारेज गर्न सुझाव दिएको छ ।
