काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई निरुत्साहित हुन नदिन नीतिमा आवश्यक सुधार गर्ने प्रतिवद्धता जनाउनुभएको छ । शुक्रबार ललितपुरमा उद्योग, वाणिज्य संघ ललितपुरको ४५औँ वार्षिक साधारण सभा उद्घाटन गर्दै मन्त्री भण्डारीले तीन तहको सरकार बिचको सहकार्यबाट निजी क्षेत्रलाई प्रोत्साहित गर्न खोजेको भन्दै राज्यको नीतिमा पनि आवश्यक सुधार गर्ने बताउनुभएको हो । मन्त्री भण्डारीले नीजि क्षेत्रमा देखिएका निराशालाई अन्त्य गर्ने समेत बताउनुभयो ।
अर्थिक मन्दीबाट समृद्धितर्फ मुलुकलाइ अघि बढाउनका लागि मन्त्रालयले कार्यायोजना नै बनाएर अघि बढिरहेको उहाले बताउनुभयो । मन्त्री भण्डारीले नेपालमा केहि सम्भावना छैन भन्दै युवापुस्तमा निराशा जगाउने गरि भ्रम फैलाउने कोशीस भएकाले जनतामा सरकार मेरो हो भन्ने भावना जागृत हुनुपर्नेमा जोड दिनुभयो । वार्षिक साधारण सभाका अवसरमा बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।



