काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् । अमेरिकाले सन्दीपलाई मंगलबार भिसा दिएको हो । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोली मंगलबार राति क्यानडा उडिसकेको छ ।
भिसा पाएसँगै सन्दीप पनि क्यानडा उडेका छन् । क्यानडामा लिग–२ को सिरिज खेलिसकेपछि नेपाली टोली अमेरिका जाने छ । केही महिनाअघि टी–२० विश्वकपका लागि सन्दीपलाई भिसा नदिएको अमेरिकाले यसपटक भने दिएको हो । यसअघि २०१९ मा पनि अमेरिकाले सन्दीपलाई भिसा दिन अस्विकार गरेको थियो ।



