काठमाडौं । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति सभामा बुधबार (आज) उनलाई स्मरण गरिँदैछ ।तत्कालीन नेकपा एमालेका उपाध्यक्ष, प्रतिनिधि सभाका सदस्य नेम्वाङको २०८० साल भदौ २६ गते ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो ।
उनको स्मरणमा नेकपा (एमाले) ले पार्टी कार्यालय च्यासलमा कार्यक्रमको आयोजना गरेको छ । आज उनको तस्बिरमा माल्यार्पण एवम् पुष्पगुच्छा अर्पण गरी उहाँको स्मरण गरिने र उनले दिएको योगदानको चर्चा गर्ने एमालेले जनाएको छ ।
आज उनको तस्बिरमा माल्यार्पण एवम् पुष्पगुच्छा अर्पण गरी उहाँको स्मरण गरिने र उनले दिएको योगदानको चर्चा गर्ने एमाले ले जनाएको छ । आज एक वर्ष बितिसकेछ, संविधानसभा अध्यक्ष, मेरा मित्र सुवास नेम्वाङको निधनले पीडा दिएको थियो । सुवासजी बिनाका एक वर्षमा उहाँलाई मिस गर्ने कयौँ क्षणहरू आए । आज उहाँको प्रथम स्मृति दिवस, हार्दिक श्रद्धा सुवासजी’, ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
