काठमाडौं । सरकारी कार्यालयमा सेयर कारोबारका लागि टीएमएस चलाउन नपाइने भएको छ । प्रधानमन्त्री तथा मन्त्रि परिषदको कार्यालयले कार्यलयमा टीएमएस नचलाउन सरकारी कार्यालयहरुलाई निर्देशन दिएको हो । कार्यालय समयमा सेयर कारोबार गर्दा सेवामा समस्या आएको भन्दै दोस्रो बजारमा कारोबार गर्न निषेध गरेको हो ।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कार्यालयमा टीएमएस प्रयोगमा निषेध लगाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सिफारिस गरेको थियो ।
सोही सिफारिसपछि कार्यालयले सचिवहरूलाई पत्र लेख्दै टीएमएस नचलाउने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ । यसअनुसार कर्मचारीले दोस्रो बजारमा कारोबार गर्ने नगर्नेबारे निगरानी पनि राख्न निर्देश गरिएको छ ।

