वीरगञ्ज । कुनैपनि धार्मिक ,राजनीतिक ,सामाजिक लगायतका उत्सव, कार्यक्रम, भेला, मेला वा पूजापाठमा चर्को आवाजमा डिजे साउण्ड वा लाउड स्पीकर बजाउन जिल्ला प्रहरी कार्यालय पर्साले रोक लगाएको छ ।
आइतबार एक सूचना जारी गर्दै जिल्ला प्रहरी कार्यालय पर्साले पर्सा जिल्लाभित्र हुने राजनीतिक,धार्मिक–सांस्कृतिक कार्यृक्रम ,चाडपर्व,धार्मिक ¥याली, जुलुश,सम्मेलन,बैठक वा प्रचार–प्रसारका कृयाकलापमा मानव स्वास्थ्यलाई नै असर पर्ने गरी डिजे स्पीकर, लाउड स्पीकरहरु ठूलो स्वरमा बजाउने तथा आशीसबाजी गर्ने कृयाकलापमा रोक लगाइएको जनाएको छ ।
यदि कसैलेपनि प्रहरीको यो सूचनालाई उल्लंघन गरेर डिजे स्पीकर, लाउड स्पीकरहरु ठूलो स्वरमा बजाएको तथा आतीसबाजी गरेको पाइएमा कानूनबमोजिम कारबाही गरिनेपनि चेतावनीपनि जिल्ला प्रहरी कार्यालय पर्साले दिएको छ ।
भदौं २१ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले त्यस्ता कृयाकलापहरु नियन्त्रण गर्ने निर्णय गरेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले डिजे स्पीकर, लाउड स्पीकरहरु ठूलो स्वरमा बजाउनमा रोक लगाइएको बताएका छन्



