काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार बिहीबार तोलामा १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार बढेर तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको हो ।
यसैबीच शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ७६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ७९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
