वीरगञ्ज । लागुऔषधसहित एक महिला वीरगञ्जबाट पक्राउ परेकी छिन् । पक्राउ पर्ने महिला मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका वडा नम्बर ११ भर्याङ टोल निवासी २३ वर्षीय सुस्मिता परियार हुन् ।
वीरगञ्ज स्थित प्रहरी चौकी ईनर्वा र सशस्त्र प्रहरी बल पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित भन्सार कार्यालयको गेट अगाडिबाट सुस्मिता परियारलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, संकास्पदरूपमा पैदल हिँडिरहेको अवस्थामा उनलाई रोकि खानतलासी गर्दा कालो रंगको ट्र्याक पाइन्ट भित्र, दुवै खुट्टाको तिघ्रामा सेतो टेपले बेरी लुकाइछिपाइ ल्याइएका विभिन्न प्रतिबन्धित लागुऔषध फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार, चेकजाँचको क्रममा परियारको शरिरबाट NOOPHIN-१० एम्पुल, PHENERGAN-१० एम्पुल, र DIZEPAM-१० एम्पुल फेला परेका छन् ।
उनलाई नियन्त्रणमा लिएर लागुऔषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।
