काठमाडौं । भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना भएको छ । बसमा करिब ४३ यात्री सवार रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । दुर्घटनामा घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ ।
बारा जिल्लाको बारागढी गाउँपालिका वडा नम्बर ३, मूर्तिपालियाबाट बोलबम तीर्थयात्राका लागि गएको बस दुर्घटना भएको पालिका अध्यक्ष अशोककुमार जैलसवालले बताएका छन् । उनका अनुसार दुर्घटनाको प्रारम्भिक सूचना आफूलाई पनि आएको छ ।
दुर्घटनामा घाइते भएकाहरूलाई बिहारको समस्तीपुरस्थित एक क्लिनिकमा भर्ना गरिएको छ । ट्रकले बसलाई ठक्कर दिँदा दुर्घटना भएको जनाइएको छ । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।
