काठमाडौं । झन्डै ४ करोड मूल्य बराबरको कोकिनसहित एक विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आईभोरी कोष्टका नागरिक भमरा कोन रहेका छन् ।
उनको साथबाट १ किलो ८८ ग्राम कोकिन फेला परेको लागुऔषध नियन्त्रण ब्युरोका सूचना अधिकारी प्रेम बहादुर शाहीले जान कारी दिए ।
गत भदौ ३ गते कतार एयरलाइन्सको उडानद्वारा नेपाल आएका उनलाई कोकिनका ६९ वटा क्याप्सुलसहित जिल्ला राजधानी को ठमेल ज्याठास्थित एक होटेलबाट पक्राउ गरिएको उनले बताए ।
उक्त कोकिनका क्याप्सुलहरू निजले खेलौनाभित्र लुकाएर राखेको अवस्थामा बरामद गरिएको उनको भनाइ छ । बरामद कोकिनको बजार मूल्य ३ करोड ८० लाख बराबर हुन्छ ।
अभियुक्त उक्त क्याप्सुलहरू नाइजेरियाबाट निलेर ईथोपियाबाट दोहा हुँदै काठमाडौं आएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । निज उपर लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइए को ब्युरोले जनाएको छ ।



