काठमाडौं । सुनको मुल्य हिजो बढेर अहिलेसम्मकै उच्च भएको सुनको मुल्य आज तोलामा तीन सय रुपैयाँले घटेको हो । एकै दिन हिजो तोलाको २१०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च एक लाख ५० हजार ८ सय रुपैयाँ पुगेको सुनको भाउ आज घटेर तोलाको एक लाख ५० हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । हिजो तोलामा २५ रुपैयाँले बढेर एक हजार सात सय ४० रुपैयाँ पुगेको चाँदीको मुल्य आज तोलामा पाँच रुपैयाँ घटेको महासङ्घले जनाएको छ । चाँदीको मुल्य आज तोलाको एक हजार सात सय ३५ रुपैयाँ कायम भएको छ ।
