एजेन्सी । भारतको विहारमा रहेको बाबा सिद्धेश्वर नाथको मन्दिरमा भागदौड मच्चिँदा ७ जना श्रद्धालुका मृत्यु भएको छ । अरु ३५ जनाभन्दा धेरै घाइते भएका छन् । साउन महिनामा बाबा सिद्धेश्वरनाथको मन्दिरमा जलाभिषेक गर्न भक्तजनको आउने गर्दछन ।
श्रद्धालुको घुइँचोकोबीच गएराति भागदौड हुँदा घटना भएको भारतीय सञ्चार माध्यम आजतकले जनाएको छ । विहारको जेहानाबाद सदर अस्पतालमा ७ जनाको शव ल्याइएको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ । घाइतेहरुको स्थानीय दुई वटा अस्पतालमा उपचार भइरहेकोे छ ।
प्रत्यक्षदर्शीका अनुसार प्रशासनको लापरबाहीका कारण घटना भएको हो । भक्तजनको भिडमा सुरक्षाकर्मीले लाठी चलाउन थालेपछि भागदौड मच्चिएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
