काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले देश निर्माणमा युवाहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको छ । अन्तराष्ट्रिय युवा दिवसका सन्दर्भमा आइतबार ललितपुरमा आयोजित कार्यक्रममा सिंहले आफ्नो अधिकार स्थापीतका लागि लड्दै युवाहरुले देश निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको हो ।
समाज परिवर्तनका लागि युवाहरुको भूमिका पनि महत्वपूर्ण हुने उहाले बताउनुभयो । उहाले युवाहरुमा वेरोजगारीको समस्याको मुद्दा देखिएको र दैनिक हजारौं युवाहरु वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था अन्त्य हुदै जाने विश्वास व्यक्त गर्नुभयो ।
सिंहले केहि बर्षअघिको तुलनामा अहिले स्थायी तहमा नै बिकास र परिवर्तन भएकाले त्यसलाई सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाले सूचना प्रविधिको सहि प्रयोग गर्दै त्यसबाट युवाहरुले फाइदा लिन सक्नुपर्ने धारणा राख्नुभयो ।
