काठमाडौं । सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर एक लाख ४८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रवार सुन तोलाको एक लाख ४८ हजार एक सय रुपैयाँ रहेको थियो ।
त्यस्तै, चाँदीको भाउ आज भने घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँले घटेर एक हजार सात सय २० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । शुक्रवार चाँदीको भाउ तोलाको एक हजार सात सय ३० रुपैयाँ रहेको थियो ।
