वीरगञ्ज। पर्सा प्रहरीले पहिलोपटक वीरगञ्जबाट ठूूलो मात्रामा इलेक्ट्रिक चुरोट (भेप) पक्राउ गरेको छ । वीरगञ्जको रेल्बे रोडबाट पर्सा प्रहरीको विशेष टोलीले करिब १० हजार पीस भन्दा बढी भेप बरामद गरेको जानकारी दिएको छ ।
महानगरको रेल्बे रोडस्थितको डाँफे ट्रान्सपोर्टमा छापामारी गरी प्रहरीले ७६ कार्टुन भेप बरामद गरेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए । रेल्वेरोड बस्ने राम प्रसाद बैरेको पकी घरमा घरकोठा भाडामा लिइ भारत विहार बस्ने सुदामा प्रसादले अनाधिकृत रूपमा भण्डारण गरी राखेको अवस्थामा बरामद भएको हो ।’
प्रहरीका अनुसार एउटा कार्टुनमा २ सय पीस भेप रहेको पाइएको छ । त्यसअनुसार ७६ कार्टुनमा करिब १५, २०० हजार पीस भेप हुने अनुमान गरिएको छ । यद्यपी, सबै काउन्ट गर्न बाँकी नै रहेको पर्सा प्रहरीले जानकारी दिएको छ । बरामद भेपको बजार मूल्य अ.मु.रू.४,८६,२४,८००।-( चार करोड छयासी लाख चौबीस हजार आठ सय) बराबरको हाराहारीमा रहेको प्रहरीले जनाएको छ ।
