काठमाडौं । अविरल बर्षाका कारण काठमाडौं उपत्यकाका नदि किनारका अधिकांश स्थानहरु डुवान भएका छन् । बर्षाका कारण नजिकैको नदि खोलामा बाढि आएपछि किनारका अधिकांश स्थानहरु डुवान भएका हुन् । ललितपुरको च्यासल, युन एनपार्क काठमाडौंको बल्खु किनारका स्थानमा बाढि पसेको छ भने सडकहरुमा आवतजावतमा समस्या भएको छ ।
त्यस्तै भक्तपुरको हनुमन्ते खोलामा बाढि आउदा भक्तपुरका बस्ती डुवान भएका छन् । मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाउँदै ती स्थानमा सतर्कता अपनाउन आग्रह गरेको छ ।



