काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार एक सय रूपैयाँ बढेको थियो सुनको भाउ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । सोमबार प्रतितोला १७ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि त्यही मूल्यमा किनबेच भइरहेको छ ।



