काठमाडौं । चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजको तीन तला माथिबाट खस्दा एक बिरामीको मृत्यु भएको छ ।आज बिहान पौने ११ बजे मेडिकल कलेजको तीन तलामाथिको झ्यालबाट हामफाली नवलपरासी घर भएका दृष्टिविहीन वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक डीएसपी भेषराज रिजालले जानकारी दिए।
मृत्यु हुनेमा ७६ वर्षीय बलबहादुर खाम्चा मगर छन् । ‘मुत्रथैलीको क्यान्सरको उपचार गर्न आएका वृद्धको अस्पतालको झ्यालबाट हामफाली मृत्यु भएको खबर आएको छ,’ डीएसपी रिजालले भने, ‘घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरेको छ । गरले बिहीबार बिहान कलेजको ए ब्लकको तेस्रो तलाको झ्यालबाट हाम फालेका थिए ।
साउन २ गते अस्पतालमा भर्ना भई क्यान्सर सम्बन्धी रोगको उपचार गराइरहेका थिए ।प्रहरीका अनुसार अस्पताल भवनबाट हाम फालेर घाइते भएका मगरको उपचारको क्रममा मृत्यु भएको हो ।



