काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपालको बिभिन्न परिवर्तनमा मंगलादेवी सिंहले खेल्नुभएको भूमिकाको स्मरण गर्नुभएको छ ।
बुधबार काठमाडौंमा नेपाल महिला संघ केन्द्रीय कार्यालय निर्माण गरिने नयाँ भवनको शिलान्याश गर्दै सभापति देउवाले मंगलादेवी सिंह व्यक्ति मात्रै नभइ सिंगो संस्था भएको समेत बताउनुभयो ।
उहाले मंगलादेवीको नाममा भवन निर्माण हुनु खुसीको कुरा भएको जिकिर गर्नुभयो । भवनको शिलान्याश मात्रै नभइ समयमा नै सम्पन्न गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।
त्यस्तै उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले महिला अधिकार स्थापीत गर्नका लागि मंगलादेवी सिंहले खेल्नुभएको भूमिकालाई विर्सन नहुने बताउनुभयो । उहाले संविधानबाट प्राप्त गरेको
अधिकारहरुलाई सुदृढ बनाउनका लागि सवैले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो । संघले अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न बहुप्रतिक्षित भवन निर्माण गर्न लागेको हो ।
नयाँ भवनमा संघमा स्थापनाकालदेखि आबद्ध भएका महिला नेताहरुको अनुसन्धान केन्द्रको रुपमा जीवनी झल्काउने तस्बिरहरु, इतिहास बोकेका संघर्षका तस्बिर राखिने बताइएको छ ।



