काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले पुरिएर बेपत्ता भएको बसका चालक र केही यात्रुको परिचय खुलेको छ । त्रिशूली नदीमा बेपत्ता गणपति डिलक्सको बसका चालक र सहचालकसहित केही यात्रुको नाम खुलेको हो ।
टिकट बुकिङ् काउण्टरका अनुसार रौतहटको गौर जाँदै गरेको गणपति बसमा ३१ यात्रु सवार थिए । बस किशोर कुमार चौधरीले चलाएका थिए । अधिकांश यात्रु गौरको इनरवारीका रहेको काउण्टरले जनाएको छ । बसमा एक दम्पतीका चारजना बच्चा समेत थिए ।
हेर्नुहोस् गणपति बसका यात्रुको विवरण

त्यस्तै वीरगञ्जबाट काठमाडौँ आउदै गरेको एन्जल डिलक्स बसमा भएका यात्रुहरुको विवरण पनि काउन्टरले उपलब्ध गराएको छ ।
हेर्नुहोस् एन्जल डिलक्स बसका यात्रुको विवरण

