काठमाडौं । कारोबार हुने साताको चौथो दिन बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य घटेको छ ।
बुधबार छापवाल सुन तोलाको १ लाख ४४ हजार १ सय तेजाबी सुन तोलाको १ लाख ४३ हजार ४ सय रुपैयाँमा कारोबार हुनेछ ।यस्तै चाँदीको मूल्य बुधबार १ हजार ८७० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी तोलाको १ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो ।
