काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसालले प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिए पक्षमा मतदान गर्ने बताउनुभएको छ । बिहीबार पार्टीको महाधिवेशनस्थल प्रज्ञा भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै भुसालले विश्वासको मत लिने वा नलिने अधिकार प्रधानमन्त्रीलाई रहेको भन्दै प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिए पक्षमा मतदान गर्ने बताउनुभएको हो ।
उहाले प्रधानमन्त्री प्रचण्डले सरकार नछाडेसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पार्नुभयो । कांग्रेस–एमालेबीचको सहमतिलाई सतकर्ताका साथ हेरिरहेको उहाको भनाइ छ ।
उहाले संविधान संशोधनको मुद्दा स्पष्ट रुपमा बाहिर नआइसकेको भन्दै स्पष्ट रुपमा आए पार्टीमा छलफल गर्ने जिकिर गर्नुभयो । उहाले पार्टी नेतृत्व चयनका बिषयमा सकारात्मक रुपमा सहमतिको प्रयास भइरहेको भन्दै निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभयो ।
